ललितपुरको पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका वागी उम्मेदवार सुशील विष्ट निर्वाचित भएका छन्।
>
विष्ट १६९ मतान्तरले स्ववियु सभापति निर्वाचित भएका हुन्। उनले ८४१ मत ल्याउँदा अनेरास्ववियुका उम्मेदवार सुरेश जिसीले ६७२ मत ल्याए।
>
उनी नेविसंघका इकाइ उपाध्यक्ष हुन । टिकट खोसीएपछि विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए।
>
पाटनमा नेविसंघकै आन्तरिक विवादका कारण चैत ५ गतेका लागि तय भएको निर्वाचन रोकिएको थियो।
>
केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले पाटनको स्ववियु सभापतिका लागि सुरूमा विष्टलाई नै टिकट दिएका थिए।
>
पछि युवराज थिङलाई आधिकारिक उम्मेदवार भन्दै टिकट दिएपछि पाटनमा नेविसंघ दुई समूहमा विभाजन भएको थियो।
>
विवाद समाधानका लागि पटक–पटक वार्ता गरिए पनि सहमति नजुटेपछि विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए।थिङले भने जम्मा ३४६ मत ल्याए।
>
त्यस्तै अखिल क्रान्तिकारीका उम्मेदवार विरेन्द्र मगर ९मदन०ले ६३७ मत ल्याउँदा सन्तोष महर्जनले ८६ र अनिष महर्जनले ३३ मत ल्याए। पदाधिकारीतर्फ सचिव र कोषाध्यक्ष भने अनेरास्ववियुले जितेको छ।>>