महामन्त्री गगन थापा र नेता शेखर कोइराला पक्षको बैठक निष्कर्षविहीन

Aadil Times 1+ समाचार ( )
५ पौष २०७९

संसदीय दलको नेताको निर्वाचनमा साझा उम्मेदवार तय गर्न बसेको नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता शेखर कोइराला पक्षबीचको बैठक बिना निष्कर्ष सकिएको छ ।

मङ्गलबार बिहान काठमाडौंको लैनचौरस्थित एक होटलमा बसेको बैठक बिना निष्कर्ष सकिएको हो ।

महामन्त्री थापा र कोइरालाबीच पुनः छलफल हुने बैठकमा सहभागी कांग्रेस नेता अर्जुन सिंह केसीले जानकारी दिनुभयो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै नेता केसीले लगभग सहमति जुटेको र अबको एक घण्टापछि निष्कर्षमा पुग्ने बताउनुभयो ।

संसदीय दलको विधानबमोजिम दलको नेता चुनिन ५१ प्रतिशत मत ल्याउनैपर्ने व्यवस्था छ । हाल कांग्रेसबाट निर्वाचित प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ गरी ८९ सांसद छन् ।

कांग्रेसका ८९ जना सांसद नै संसदीय दलको नेताको चुनावमा मतदाता हुन् ।

प्रतिक्रिया