काठमाडौं महानगले ट्राफिक व्यवस्थापनमा नगर प्रहरी खटाउन सुरु

Aadil Times 1+ समाचार ( )
३० कार्तिक २०७९

काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न नगरप्रहरी खटाउन थालेको छ ।

महानगरपालिकाले काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई उचित व्यवस्थापन गर्न भन्दै ट्राफिक जाम बढी हुने समयका लागि नगरप्रहरी खटाउन थालेको हो । नगरप्रहरी बलका प्रमुख नगरप्रहरी उपरीक्षक राजु पाण्डेकाअनुसार सवारी साधनको चाप धेरै भएको समय बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ३ बजेदेखि ५ बजेसम्म मुख्य चोकहरुमा ट्राफिक प्रहरीसँगै २ जना नगर प्रहरी खटाउन थालिएको हो ।

महानगरपालिकाले गत कार्तिक ३० गते बुधबारबाट उपत्यकाको सवारी चाप व्यवस्थापनका लागि नगरप्रहरी खटाउन थालेको हो। कोटेश्वर, बानेश्वर, गौशाला, जमल, रत्नपार्क, महाराजगञ्ज, कालीमाटी र कलंकी लगायत स्थानमा नगरप्रहरीको जनशक्ति परिचालन गरेको महानगरले जनाएको छ ।

त्यस्तै पछिल्लो समय आगामी प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनका लागि खटिएका म्यादी प्रहरी पनि काठमाडौं उपत्यकाको सवारी चापको समाधानका लागि प्रमुख चोकामा खटेका छन् । निर्वाचनलाई केन्द्रित गरी सरकारले पछिल्लो समय सुरक्षा व्यवस्था पनि कडा बनाएको छ ।

अहिले काठमाडौं उपत्यकाका प्रमुख चोकमा सुरक्षाकर्मीहरुको गस्ती देख्न सकिन्छ ।

प्रतिक्रिया