४ अर्ब लगानीको नेपालकै ठूलो आदर सपिङको ७० प्रतिशत काम पूरा

Aadil Times 1+ समाचार ( )
३ मंगशिर २०७९

आदर मल्टिइन्भेस्टमेन्ट कम्पनी लिमिटेडले राजधानीको बल्खुमा निर्माण गरिरहेको मुलुककै सबैभन्दा ठूलो सपिङ मल ‘आदर ट्रेड’ को काम ७० प्रतिशत सकिएको छ। ४ लाख वर्गफिट क्षेत्रफल ओगटेको सपिङ मलमा २ हजार पसल हुनेछन्।

महाबौद्धको बजार बल्खुमा सारिँदै, ५२२ व्यापारीको लगानीमा नेपालकै ठूलो ‘सपिङ मल’ 

व्यापारी उपेन्द्र महत्तोको ३६ रोपनी जग्गा किनेर बल्खुमा नेपालको सबैभन्दा ठूलो व्यापारिक भवन ‘आदर ट्रेड सपिङ मल’ बनाइएको हो । महाबौद्ध क्षेत्रमा बसेर चिनियाँ सामानको थोक व्यापार गर्ने ५२२ जना व्यापारीको समान लगानीमा उक्त मल बनाउन लागिएको हो । सो भवनको लागत ४ अर्ब बढी रहेको बताइएको छ । हालसम्म २५ प्रतिशत पसलमात्र बिक्री भएको छ। अझै ७५ प्रतिशत पसल कबल बिक्री हुन बाँकी छ। सपिङ मल बल्खु चक्रपथछेउ छ। समय थपिँदै गएकाले मलको निर्माण लागत पनि बढेको छ।


 िमलको अनुमानित लागत ३ अर्ब ९७ करोड रुपैयाँ छ। कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ। मलमा ५ सय २२ जना लगानीकर्ता छन्। मलको काम सन् २०२३ अन्तिममा सक्ने लक्ष्य छ। ‘क्राउड फन्डिङ मोडल’ बाट सपिङ मल निर्माण गर्न लागिएको हो।   

महाबौद्धको भीडभाड निस्तेज पार्ने उद्देश्यसहित त्यहाँको बजार बल्खुमा सार्न आदर सपिङ मल निर्माण थालिएको हो। नेपालकै सबैभन्दा ठूलो सपिङ मल बनाएर महाबौद्धको होलसेल बजारलाई बल्खुमा सार्ने योजना छ। 

चीनबाट भित्रिने हरेक सस्तो कपडाको होलसेल बजार महाबौद्ध हो। त्यहाँबाट देशभरि विभिन्न ठाउँमा कपडा लगिन्छ। त्यही बजार निकट भविष्यमै बल्खुमा सार्न लागिएको हो। 

व्यवसायी उपेन्द्र महतोको ३६ रोपनी जग्गा किनेर बल्खुमा नेपालको सबैभन्दा ठूलो व्यापारिक भवन ‘आदर ट्रेड सपिङ मल बनाइएको हो। आदर मल्टिइन्भेस्टमेन्ट कम्पनी २०७३ सालमा स्थापना भएको थियो। 

काठमाडौंको मुटु न्युरोड धेरै साँघुरो भइसकेको छ। मान्छेलाई आवातजावत गर्नै समस्या भएपछि महाबौद्धको विकल्प खोजिएको हो। यदि महाबौद्धको बजारमात्रै बल्खु लगियो भने त्यहाँ हुने भीडभाड कम हुन्छ। 

उक्त मलमा ८र८ तलाका ११ वटा भवन निर्माण हुने बताइएको छ। त्यसमध्ये चारवटा भवनको काम अन्तिम चरणमा पुगेको छ। पहिलो चरणमा चार भवनको निर्माण सकिन्छ।

निर्माण सकिएका भवनमा महाबौद्धको बजार लगिने छ। बाँकी भवन बनिसकेपछि मात्रै महाबौद्धबाट सबै व्यापारीलाई त्यता सार्ने योजना छ। मलको सम्पूर्ण पूर्वाधार २०२५ मा सम्पन्न गर्ने योजना छ। महाबौद्ध क्षेत्रमा यातायात, गोदाम, पार्किङ, सामान ओसारपसार गर्न, घर भाडा र सुरक्षामा पनि दिन प्रतिदिन समस्या हुँदै गएको छ। सोही समस्याका कारण २०७२ सालको विनाशकारी भूकम्पपछि थोक व्यापारी संघसंस्थाले सरकारलाई जग्गाको व्यवस्था गर्न आग्रह गरेका थिए। 

तर, राहत, उद्धार तथा पुनर्निर्माणमा लागेका कारण सरकारले जग्गा उपलब्ध गाराउन सकेको थिएन। सोहीअनुसार आदर मल्टिइन्भेस्टमेन्टले  ‘सक्नेले आफ्ना लागि सकेको गर्ने’ अवधारणा अगाडि सारेको हो। 


उक्त भवन बजार सार्नकै लागि बनाइएको नभई इच्छुक व्यापारी संलग्न हुने गरी निर्माण गरिएको लगानीकर्ताहरूको भनाइ छ। कम्पनीले हरेक कारोबार बैंकबाट सञ्चालन गरी पारदर्शी बनाउने जनाएको छ।



प्रतिक्रिया

सम्बन्धित समाचार