स्वतन्त्रको प्रचार र प्रोपोगाण्डाले देश चल्दैनः अध्यक्ष ओली

Aadil Times 1+ समाचार ( )
८ मंगशिर २०७९

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिमा स्वतन्त्र पार्टी मिडियाको कृपाले उदाएको बताउँदै उनीहरु खहरेजस्तै विलाएर जाने टिप्पणी गरेका छन् ।

झापा क्षेत्र नं.५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रमाणपत्र ग्रहणका लागि बिहीवार दिउँसो झापा ओर्लिएका ओलीले ‘स्वतन्त्र पार्टी मिडियाको कृपाले उदाएको’ दावी गरे ।

नेपालको वौद्धिक जगतले देशलाई गलत दिशातर्फ लैजान खोजेको आरोप लगाउँदै ओलीले भने, ‘देशलाई हाहा हुहुतिर लैजान खोजिेएको छ । तर, यो मामुली कुरो हो ।’ स्वतन्त्रको उदय भनेर गरिएको प्रचार र प्रोपोगाण्डाले देश नचल्ने उनको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको जितलाई प्रोत्साहन गर्न आवश्यक नभएको भन्दै ओलीले हाहा र हुहु भन्दा भविष्यलाई जिम्मेवार ढंगले सोच्नुपर्ने बताए । ओली प्रमाणपत्र ग्रहण गरेपछि दमक नगरपालिकामा आयोजना हुने विजय जुलुसमा सहभागी बनेका छन् ।

प्रतिक्रिया