घट्यो सुनको मूल्य

Aadil Times 1+ समाचार ( )
१२ माघ २०७९

साताको छैटौं दिन आज शुक्रबार सुनको मूल्य घटेको छ, चाँदीको मूल्य भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ६ हजार ९ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ११ सय रूपैयाँले घटेर एक लाख ५ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख ५ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य भने शुक्रबार स्थिर रहेर १ हजार ३८० रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया