झापामा ओली, शर्मा र लिङ्देनको अग्रता

Aadil Times 1+ समाचार ( )
झापाकाआफ्नो क्षेत्रमा प्रतिस्पर्धीभन्दा बढी मत ल्याएर अग्रता..
५ मंगशिर २०७९

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले झापाकाआफ्नो क्षेत्रमा प्रतिस्पर्धीभन्दा बढी मत ल्याएर अग्रता कायम राखेका छन् ।

झापा–५ मा ओली करिब ३ हजार ५ सय मतले अघि छन् । उनले करिब ९ हजार मत ल्याएका छन् भन् कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले ५ हजार ४ सय ४८ मत पाएका छन् ।

झापा १ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ४ हजार ३ सय ७ मतको अग्रता लिएका छन् । उनले ११ हजार ३ सय ८५ मत ल्याएका छन् । एमालेका अग्नि खरेलले ७ हजार ८३ मत पाएका छन् ।

राप्रपा अध्यक्ष लिङ्देन झापा ३ मा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाभन्दा १ हजार ४ सय ८६ मतले अगाडि छन् । लिङ्देनले ५ हजार २सय ७४ मत पाएका छन् भने सिटौलाले ३ हजार ७ सय ८८ मत पाएका छन् ।

झापा–२ र ४ मा भने एमालेका उम्मेदवारहरू क्रमशः देवराज घिमिरे र लालप्रसाद साँवा अगाडि छन् । साँवालाई स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले पछ्याइरहेका छन् ।

साँवाले ४ हजार ६ सय २६ मत पाउँदा ढकालले ४ हजार ५ सय ८६ मत पाएका छन् । झापा–२ का एमाले उम्मेदवार घिमिरेले ७ हजार ३ सय २८ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले ६ हजार २ सय ६ मतले पछ्याउँदै छन् ।


प्रतिक्रिया