आज सुर्खेतमा पूर्वराजा ज्ञानेन्द्रको नागरिक अभिनन्दन

Aadil Times 1+ समाचार ( )
१२ जेठ २०८०

पुर्व राजा ज्ञानेन्द्र शाहको आज सुर्खेतमा नागरिक अभिनन्दन गरिने भएको छ । राप्रपा सुर्खेतका अध्यक्ष कविराम पुरीका अनुसार पुर्व राजाको नागरिक अभिनन्दन कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको छ ।

उनका अनुसार पूर्वराजा शाहसहित पूर्व महारानी कोमल, पूर्व युवराज्ञी हिमानी शाह पनि अभिनन्दन कार्यक्रममा सहभागी हुनेछन् ।

अभिनन्दन कार्यक्रम पश्चात् राजपरिवारले देउती बज्यै मन्दिर र कालिका मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ ।

पछिल्लो समय देश दौदाडालाई केन्द्रीत बनाएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई यतिबेला अभिनन्दन र भेटघाटको कार्यक्रमलाई तिव्रता दिएका छन् ।

कार्यक्रममा सहभागी भएर राजनीतिक व्यवस्थामाथि टिप्पणी गर्नसमेत थालेका शाहले गत हप्ता कैलालीको धनगडी पुगेर सम्बोधन गरेका थिए ।

उक्त कार्यक्रममा पूर्वराजा शाहले नेपालका नेताहरुमाथि गम्भिर प्रश्न उठाउँदै कडारुपमा टिप्पणी गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार