प्याब्सन विराट कप’ सुरु,उद्घाटन खेलमा डन बक्स र सगरमाथा स्कुल विजयी

Aadil Times 1+ समाचार ( )
२ पौष २०७९

दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगितामा विराटनगरस्थित डन बक्सको र सगरमाथा स्कुल विजय भई दोस्रो चरणमा प्रवेश गरेको छ ।प्याब्सन विराटनगरको आयोजनामा शुक्रवारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा डन बक्सको स्कुलले सनसाइन स्कुललाई २–० गोलले पराजित गर्दै डन बक्सको स्कुल दोस्रो चरणमा प्रवेश गरेको हो ।

जितको लागि डन बक्सको निकास खतिवडाले १४ औँ मिनेटमा र ४४ मिनटेमा सनुजो राजवंशीले गोल गरी टिमको जित सुनिश्चित गरेका थिए । खेलको म्यान अफ द म्याच पनि राजवंशी घोषित भए ।सोही दिन भएको दोस्रो खेल सगरमाथा स्कुलले बालमिकी स्कुललाई टाई ब्रेकरमा ४–३ ले हराउँदै सगरमाथा स्कुल दोस्रो चरणमा प्रवेश गरेका छ । निर्धातिर समयसम्म १÷१ गोलको बराबरी भएपछि खेलको छिनोफानो ट्राई ब्रेकरबाट भएको हो । प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले गरेका थिए ।पुस १ देखि ८ गतेसम्म संचालन हुने प्रतियोगितामा २८ वटा विद्यालयले भाग लिएको कार्यक्रम संयोजक नन्दलाल मण्डलले जानकारी दिए ।

प्रतिक्रिया