शेयर बजारमा ४१ अंकको गिरावट

Aadil Times 1+ समाचार ( )
२८ पौष २०७९

शेयर बजार परिसूचक नेप्से साताको अन्तिम दिन बिहीबार दोहोरो अंकले घटेको छ ।

४१ अंकले ओरालो लागेर नेप्से २१ सय ४९ मा थामिएको छ । बिहीबार शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट छ । बिहीबार १ सय ८४ कम्पनीको शेयर मूल्य घट्दा २१ कम्पनीको मात्र मूल्य वृद्धि भएको छ ।

बिहीबारको कारोबारमा २ सय ५२ कम्पनीको १ करोड ४४ लाख ८२ हजार कित्ता शेयरको ५ अर्ब ४७ करोड ७६ लाख माथिमा खरीद विक्री भएको छ । 

बिहीबार वित्त र लगानी समूह ३ प्रतिशतले घट्दा विकास बैंक,होटल तथा टुरिजम, हाइड्रोपावर, लाइफ इन्सुरेन्स, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा २ प्रतिशतले घटेका छन् ।

बिहीबार चार कम्पनीको शेयर मूल्य उच्च अंकले बढेको छ । जसमा कुमारी धनवृद्धि योजना, सिंगटी हाइड्रो इनर्जी, बाराही हाइड्रोपावर र एनआइबीइल समृद्धि फण्ड–२ रहेका छन् ।


प्रतिक्रिया