राष्ट्रपति पौडेललाई कुमारी घरका तर्फबाट बधाई

Aadil Times 1+ समाचार ( )
४ चैत्र २०७९

राष्ट्रपति रामचन्द्र पौडेललाई कुमारी घर वसन्तपुरका तर्फबाट कुमारी घरमा भएको पूजाको प्रसाद पुर्‍याइएको छ । 

सोहीक्रममा कुमारी घरका तर्फबाट राष्ट्रपति पौडेललाई निर्वाचित भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिइएको छ ।  

कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवित देवी कुमारीको पूजा हुने एकादशीका दिन राष्ट्रप्रमुखसमक्ष सो पूजाको प्रसाद पुर्‍याउने परम्परा छ । 

सोही परम्परा अनुसार आज राष्ट्रपति भवन शीतलनिवासमा कुमारी घरका प्रतिनिधिले राष्ट्रपति पौडेलसमक्ष पहिलोपटक कुमारी घरको प्रसाद पुर्‍याएका हुन् ।

प्रतिक्रिया