पाकिस्तानको पेशावर शहरको एक मस्जिदमा शक्तिशाली बम आक्रमण हुँदा कम्तीमा ५९ जनाको मृत्यु भएको छ । विस्फोटमा परी १ सय ५७ भन्दा बढी मानिस घाइते भएका छन् ।
>
विभिन्न अस्पतालमा उनीहरूको उपचार भइरहेकोमा केहीको हालत निकै गम्भीर रहेको चिकित्सकहरूले बताएका छन् ।
>
प्रहरीलाई निशाना बनाएर आक्रमण भएको पाइएको छ । विस्फोट हुँदा त्यहाँ ठूलो संख्यामा प्रहरीको उपस्थिति थियो ।
>
प्रधानमन्त्री शहबाज शरीफले आक्रमणको निन्दा गरेका छन् । उनले सुरक्षाकर्मीमाथि आक्रमण गरेर डरलाग्दो माहोल सिर्जना गर्न खोजिएको बताएका छन् ।
>>