कोशी प्रदेश नाम खारेज गर्न माग गर्दै माङ्सेबुङ गाउँपालिकामा तालाबन्दी

Aadil Times 1+ समाचार ( )
२७ फाल्गुन २०७९

कोशी प्रदेश नाम खारेज गर्नुपर्ने माग गर्दै इलामको माङ्सेबुङ गाउँपालिकामा तालाबन्दी गरिएको छ ।

‘लिम्बुवान किरात’ संयुक्त संघर्ष समितिलाई ‘प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’मा रुपान्तरण गर्दै आन्दोलनकारीहरुले स्थानीय तह केन्द्रित आन्दोलन सुरु गरेका हुन् ।

प्रदेश १ को नाम ‘कोशी’ पारित गरेसँगै त्यसको विरोधमा सुरु भएको आन्दोलन स्थानीय स्तरमा केन्द्रित हुन थालेको छ ।

‘कोशी’ प्रदेश खारेज गरी पहिचान र सभ्यताका आधारमा प्रदेशको नाम ‘लिम्बुवान किरात’ पुनःनामाकरण गर्न माग गर्दै तत्कालीन ‘लिम्बुवान किरात’ संयुक्त संघर्ष समितिले सुरु गरेको आन्दोलन स्थानीय स्तरमा केन्द्रित हुन थालेको छ ।

आन्दोलनकारीहरुले स्थानीय तह र वडा कार्यालयमा तालाबन्दी गरी ‘कोशी’ प्रदेश नाम खारेज गर्न र पहिचानको आधारमा पुनः नामाकरण गर्न दवाव दिन थालेका छन् ।

यसै क्रममा आन्दोलनकारीले इलामको माङसेबुङ गाउँपालिका कार्यालय र चारवटा वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

आन्दोलनकारीले गाउँकार्यपालिकाको कार्यालयसँगै वडा नम्बर २, ३, ४ र ६ को वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।


प्रतिक्रिया