धारिलो हतियारले घाँटी र टाउको काटिएको अवस्थामा भेटिएका मोरङको जहदा गाउँपालिका–१ भुटाहाका एक पुरुषको मृत्यु भएको छ ।>
>
जहदा–१ का ४२ वर्षीय सन्तोष सरबरिया शनिबार राति ११ः२० बजेतिर घाइते अवस्थामा फेला परेका थिए । घाँटी र टाउको काटिएको अवस्थामा आफ्नै घरमा भेटिएका उनलाई उद्धार गरेर उपचारका लागि प्रहरीले विराटनगरको कोसी अस्पताल ल्याएको थियो ।>
>
उपचारकै क्रममा राति १२ः२५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको कारण खुल्न बाँकी रहेको र अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ ।>>