जडीबुटीसहित दुईजना पक्राउ

Aadil Times 1+ समाचार ( )
२५ फाल्गुन २०७९

बागलुङमा बहुमूल्य जडीबुटी सुनाखरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले एक सय ३८ किलो सुनाखरी, २२ किलो जङ्गली च्याउ र नौ किलो वनलसुनसहित उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार अवैध जडीबुटी ओसारपसार गरेको आरोपमा निसीखोला गाउँपालिका–५ कारीगाउँका मिलन भण्डारी र निसीखोला–४ कानाबगरका रेशमबहादुर मल्ललाई पक्राउ गरिएको हो । उनीहरुले जडीबुटी ओसारपसारका लागि लु१ज ४५२६ नम्बरको जिप प्रयोग गरेका थिए ।यस्तै जिल्ला प्रहरी कार्यालय बागलुङले गोठमा आगजनी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बरेङ गाउँपालिका–४ ठोलोसौरा सल्यानका मेघनाथ शर्माको गोठमा आगजनी गरेको आरोपमा स्थानीय लीलामणि शर्मा गौतमलाई पक्राउ गरेको हो ।यही फागुन २३ गते राति आगजनी गरिँदा रु पाँच लाख बराबरको क्षति भएको सूचना अधिकारी मदन केसीले बताए । 

प्रतिक्रिया