विराटनगरस्थित कोशी अस्पतालको सटरमा विराटनगर महानगरले चलायो डोजर

Aadil Times 1+ समाचार ( )
२१ पौष २०७९

विराटनगरस्थित कोशी अस्पताल बाहिरको सटरमा महानगरले डोजर चलाएको छ । आज विहान विराटनगर महानगरपालिकाले मापदण्ड विपरित बनाइएको भन्दै अस्पताल बाहिरको सटर भत्काएको हो ।

अस्पताल बाहिरको सटर नक्शा पास नगरी बनाइएको र करिब ५० लाख रुपैयाँ कर तिर्न बाँकी रहेको भन्दै बिहानै सात बजे निस्किएको महानगरको डोजरले भत्काएको हो । महानगरको शहर सौंदर्यकरण अन्तर्गत सटर भत्काइएको नगर प्रहरी प्रमुख राजन पौडेलले बताए ।

कोशी अस्पताल बाहिरको उक्त संरचनाले अस्पताल बाहिरको सुन्दरता हराएको र नगरले धेरै घाटा व्यहोरेका कारण भत्काइएको विराटनगर महानगरका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए ।

महानगरले संरचना भत्काई रहँदा स्थानियले भने सो ठाउँमा मात्र नभएर मापदण्ड विपरित बनाइएका सवै ठाउँका संरचना हटाउनुपर्ने बताएका छन् । महानगरपालिकाले आगामी दिनमा यसरी नै मापदण्ड विपरितका संरचना हटाउने जनाएको छ ।

प्रतिक्रिया