आज नेप्से परिसूचक ३२.३० अंकले बढेर १८७७.३२ बिन्दुमा कायम

Aadil Times 1+ समाचार ( )
४ जेठ २०८०

साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ३२.३० अंकले बढेर १८७७.३२ बिन्दुमा कायम भएको छ ।

४४ लाख २२ हजार १८६ कित्ता शेयरको खरिदबिक्री हुँदा एक अर्ब ४७ करोड ४७ लाख ६५ हजार १८८ रुपैयाँको कारोबार भएको छ । यसअघि अन्तिमपटक चैत ३० गते मात्रै एक अर्ब ६३ करोडको कारोबार भएको थियो । कारोबारका आधारमा आज हिमालयन उर्जा विकास कम्पनी र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सकिर्ट लेबलमा कारोबार भएको छ ।

त्यस्तै, आज नेपाल दुरसञ्चार कम्पनी आठ करोड ६३ लाख ४८ हजार ४३६ रुपैयाँको कारोबारका साथ सिर्ष स्थानमा रहेको छ ।उपसमूहतर्फ पनि आज हरियाली देखिएको छ । जहाँ १३ वटै समूहको सेयरमुल्य बढेको छ ।


प्रतिक्रिया