हरिनगर गाउँपालिका सुनसरीको गाउँ सभाको १४ औं अधिवेशन सम्पन्न भएको छ । आ.व. २०८०।८१ को वार्षिक बजेटका लागि असार १० गते शुभारम्भ भएको सो गाउँ सभाको १४औं अधिवेशन दफावार छलफल हुँदै वार्षिक बजेट पास गरिदै सम्पन्न भएको हो ।
हरिनगर गाउँपालिका सुनसरीका अध्यक्ष गफार अंसारी मियाँको सभाध्यक्षतामा सम्पन्न सो गाउँ सभाको १४ औं अधिवेशनमा उपाध्यक्ष रिमझिम कुमारी भगत, प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगर , ७ वटै वडाका वडाध्यक्षहरु , वडासदस्यहरु , कार्यपालिका सदस्यहरु , वडा सचिवहरु , पत्रकारहरु लगायत बुद्धिजीवी समाजसेवीहरुको समेत सहभागिता रहेको थियो । सुनसरी क्षेत्र नं. ४ खका प्रदेश साँसद हाजी इसराइल मन्सुरीको विशेष उपस्थिति रहेको थियो ।असार १० गते शुभारम्भ गरिएको गाउँ सभाको १४ औं अधिवेशनमा पालिकाका उपाध्यक्ष रिमझिम कुमारी भगतले आ.व. २०८०।०८१ का लागि करोड ५२ करोड १ लाख ७७ हजार आय व्यय प्रस्ताव गरेको छ जसमा व्यय तर्फ चालु खर्चमा रु.३२ करोड १ लाख ७७हजार र पुजिंगत तर्फ रु. २२ करोड गरि जम्मा रु। ५२ करोड १ लाख ७७ हजार व्यय प्रस्ताव गरिएको थियो ।हरिनगर गाउँपालिका गाउँ सभाको १४औ अधिवेशनले मनाेज कुमार राउतलाई कार्य पालिका सदस्यमा सर्वसहमतिले मनोनित गरेको छ ।>>
हरिनगर गाउँपालिका सुनसरीको गाउँसभाको १४ औं अधिवेशन सम्पन्न

प्रतिक्रिया
ताजा समाचार

Tips For Cholecystectomy Patients
Aadil Times | २५ श्रावण २०८०

रोजगारीको लोभमा कुवेत पुगेका पाँच नेपाली अलपत्र
Aadil Times | ३ श्रावण २०८०

प्रधानमन्त्री प्रचण्ड आइतबार इटाली भ्रमणमा जाने
Aadil Times | ३ श्रावण २०८०

त्रिभुवन विमानस्थलबाट १० हजार अमेरिकी डलरसहित एकजन...
Aadil Times | २ श्रावण २०८०

साउदीमा अलपत्र परेका १९ नेपाली स्वदेश फर्किए
Aadil Times | १ श्रावण २०८०

आफु निर्दोष रहेको प्रहरीले झुठा मुद्दामा फसाएको पत...
Aadil Times | २९ आश्विन २०८०