आफ्नै नवजात छोरीलाई जंगलमा फाल्ने बाबुलाई पक्राउ गरी सुनसरी प्रहरीले मुद्दा दर्ता गरेको छ ।>
नवजात शिशुलाई जंगलमा लगेर फाल्ने सुनसरीको दुहबी नगरपालिका–१० का ३३ वर्षीय अमित चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।>
चौधरीकी ३० वर्षकी उनकी श्रीमती बिन्दु चौधरीले माघ ४ गते विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जन्माएको शिशुलाई माघ ६ गते जिवितै अवस्थामा बराहक्षेत्र नगरपालिका–२ को चारकोसे जंगलमा फालेका थिए । घटनामा संलग्न अमितलाई पक्राउ गरी ज्यान मार्ने कसुरको मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी राजकुमार राईले जानकारी दिए ।
>
सोमबार जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अमितलाई हिरासतमा राखेर घटनाको अनुसन्धान भइरहेको छ । अमितसँगै पक्राउ परेकी उनकी श्रीमती बिन्दु चौधरीको भने घटनामा संलग्नता नदेखिएकाले उनलाई प्रहरीले छाडिदिएको छ ।
>
जंगलमा गोठालाले नवजात शिशुलाई देखेपछि जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए। बराहक्षेत्र नगरपालिकाका जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय चतराको टोलीले तत्काल नवजात शिशुको उद्दार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरेका थिए।
>
शिशुलाई आमा बिन्दाको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी बुद्ध श्रेष्ठले बताए । नवजात शिशुलाई हत्या गर्ने उद्देश्यले जंगलमा फालिएको थियो ।>>