मिटरब्याज पीडितहरुको अर्को समूह काठमाडौं प्रवेश गरेको छ । मिटरब्याज पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सहमति गरेको भोलिपल्टै फेरि अर्को समूह काठमाडौं प्रवेश गरेको हो ।
>
उनीहरु मिटरब्याजीहरुले पीडितको विरुद्धमा अदालतमा हालेको मुद्दा खारेज हुनुपर्ने मागसहित काठमाडौं आएका हुन् ।
>
अहिलेको टोलीमा झापादेखि कैलालीसम्मका मिटरब्याज पीडितका प्रतिनिधिहरु रहेको बताइएको छ ।>>