सरकार निर्माण र विस्तारमा आचारसंहिता नलाग्ने

Aadil Times 1+ समाचार ( )
२३ चैत्र २०७९

प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ । वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज देखि आचारसंहिता लागू गरेको हो ।

आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता २०७९ को दफा १ को उपदफा (२)को अधिकार प्रयोग गरी चितवन, बारा र तनहुँ जिल्लाका लागि निर्वाचन आचारसंहिता २०७९ लागू भएको जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू गरिएको हो ।

कतिपय आचारसंहिताको विषयवस्तु, संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह लगायत सबैलाई लागू हुने पनि प्रवक्ता शर्माले बताए। ‘कार्यान्वयन गर्ने सन्दर्भमा विभिन्न निकायहरूलाई कडाइका साथ परिपालना गर्न निर्देशन गरेका छौँ ।

विगतका निर्वाचनबाट पनि हामीलाई आचारसंहिता कार्यान्वयन गर्ने अनुभव छ, उपनिर्वाचनमा पनि राम्रोसँग आचारसंहिता कार्यान्वयन गर्छौं’, उनले भने, ‘यदि कसैले उल्लंघन गर्छ भने उल्लंघनकर्ता सजायको भागिदार हुनेछ । कसैबाट पनि आचारसंहिता उल्लंघन हुने छैन ।’

उनले आयुक्त भण्डारीले निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न सम्बन्धित पक्षहरूलाई निर्देशन दिइसकेको बताए ।

तर, उपनिर्वाचनका लागि जारी भएको आचारसंहिताकै कारण मन्त्रिपरिषद् विस्तार, प्रदेशका सरकारहरू निर्माण र विस्तार लगायतका गतिविधि भने प्रभावित नहुने आयोगले जनाएको छ ।


प्रतिक्रिया