स्कटल्यान्डविरुद्ध रोहितको अर्धशतक

Aadil Times 1+ समाचार ( )
९ फाल्गुन २०७९

नेपालका लागि कप्तान रोहित पौडेलले जारी आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्यान्डविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ७ विकेट गुमाएको अवस्थामा रोहितले ५४ बलमा ४ चौका र २ छक्कासहित अर्धशतक प्रहार गरेका हुन् ।

यो रोहितको सातौं अर्धशतक हो । दबाबमा रहेको नेपाललाई खेल जित्न २०.२ ओभरमा ८५ रन लिन आवश्यक छ । क्रिजमा रोहित र सन्दीप लामिछाने छन् ।


प्रतिक्रिया