भक्तपुरमा ट्याङ्करको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ ।
>
रामेछापको सुनापाती गाउँपालिका-४ घर भई भक्तपुरको ब्यासी बस्ने ७ वर्षीय बिवेश तामाङको मृत्यु भएको हो ।
>
झौखेलबाट ब्यासीतर्फ आउँदै गरेको ट्याङ्करले भक्तपुर नगरपालिका-२ ब्यासी कासन पुल नजिक आज बिहान १० बजे बा५ख ९१४२ नम्बरको ट्याङ्करले ठक्कर दिएको हो ।
>
ट्याङ्करको ठक्करबाट सख्त घाइते भएका तामाङको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
>
प्रहरीले बालकलाई ठक्कर दिने ट्याङकरका चालक कमल बिनायकका सिताराम पक्का नेवारलाई नियन्त्रणमा लिएको छ ।
>
घटनाको अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ ।
>>