प्रधानमन्त्री प्रचण्डले धोका दिएको ओलीको आरोप

Aadil Times 1+ समाचार ( )
१४ फाल्गुन २०७९

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोका दिएको बताएका छन् । 

आइतबार काठमाडौंमा आयोजित सहिद, घाइते तथा बेपत्ता परिवारको सम्मान कार्यक्रममा ओलीले संविधानको रक्षा गर्दै मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउनका लागि पुस १० गते प्रचण्डलाई सहमतिमा ल्याएपछि दुई महिना नपुग्दै धोका दिएको बताएका हुन् ।

उनले प्रचण्डले एउटा भाषा बोल्ने र काम अर्कै गर्ने भन्दै हातमा चक्कु लिएर प्रहार गरेको बताए । जनयुद्धका नाममा प्रचण्डले हिंसाको नाममा अभियान सुरु गरेको र त्यसता आफ्नो स्वार्थबाहेक अरू काम प्रचण्डले नगरेको उनको आरोप छ ।

सत्तामा टिकिरहन प्रचण्डले छिमेकीका घरमा प्रवृतिलाई जारी राखेको उनको भनाइ छ । ओलीले प्रचण्डले आफ्नो गतिविधि निर्वाध चलाउने र आफ्नो अनुकूलको काम गर्न खोजेको तर आफूले रोकेको बताए ।


प्रतिक्रिया