स्विट्जरल्यान्डलाई ब्राजिलको चुनौती

Aadil Times 1+ समाचार ( )
११ मंगशिर २०७९

 फिफा विश्वकप(२०२२ अन्तर्गत आज हुने समूह ‘जी’को खेलमा ब्राजिल र स्विट्जरल्यान्ड भिड्दैछन् । रास अबु अबोउद स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ९स्४५ बजे शुरु हुनेछ ।

पहिलो खेलमा रिचार्लिसनले दुई गोल गरेपछि सर्बियालाई २–० गोलले हराएको ब्राजिल आजको खेलमा जीत निकाल्दै एक खेल अगावै अन्तिम १६ मा पुग्न चाहन्छ । गत वर्ष कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनासँग पराजीत भएदेखि ब्राजिल १६ खेलमा अपराजीत रहेको छ भने पछिल्लो ८ खेलमा सतप्रतिशत जीत निकालेको छ । त्यसैले ब्राजिल आजको खेलमापनि सोहि लयलाई निरन्तरता दिन चाहन्छ ।

यता पहिलो खेलमा क्यामरुनमाथि संघर्षपूर्ण जीत निकालेको स्विट्जरल्यान्ड आज ब्राजिललाई कडा चुनौती दिन चाहन्छ । पछिल्लो चार खेलमा स्पेन र पोर्चुगललाईपनि हराइसकेको स्विट्जरल्यान्ड आज ब्राजिलमाथि जीत निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछ । चार वर्ष अगाडि ब्राजिल र स्विट्जरल्यान्ड समूहचरणमै भेट भएका थिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार