खेलकुद महासंघको केन्द्रिय अध्यक्षमा पर्शुराम सर्वसम्मत निर्वाचित

Aadil Times 1+ समाचार ( )
९ फाल्गुन २०७९

नेकपा एमालेका लोकप्रिय युवा नेता पर्शुराम बस्नेत नेपाल खेलकुद महासंघको केन्द्रिय अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

१२ बर्षपछि विराटनगरमा सम्पन्न नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनबाट पर्शुराम सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । 

यस अघि पर्शुराम महासंघको १ बर्षसम्म केन्द्रिय समितिको संयोजकको जिम्मेवारीमा रहेका थिए । पर्शुराम ,नेपाल खेलकुद विकास बोर्ड प्रदेश नं. १ को सदस्य सचिव समेत भईसकेका हुन् ।


प्रतिक्रिया