प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला नेतृत्व विकासमा सरकार गम्भीर रहेको बताएका छ्न्।
>
शनिबार काठमाडौँमा आयोजित महिला नेतृत्व सम्मेलनमा प्रचण्डले महिला शक्ति र निर्णय क्षमता बढाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन्।
>
नेपाल उधोग परिसंघ महिला नेतृत्व मञ्चले आयोजना गरेको दुई दिने सम्मेलनमा सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले राजनीति, अर्थ, ब्यापार र प्रबिधिमा महिला सहभागिता प्रसंसायोग्य रहेको समेत बताएका हुन्।
>
साथै उनले महिलाको अझै निर्णय र नेतृत्व क्षमता बढाउन जरुरी रहेको उल्लेख गर्दै यसका लागि सरकारले सहयोगको लागि निरन्तर लागि पर्ने प्रतिबद्धता जनाएका छन्।
>
कार्यक्रममा बोल्दै कांगेस नेता एवम् नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष विनोद चौधरीले मुलुकका विभिन्न कालखण्डका आन्दोलनमा महिलाको सहभागिता महत्त्वपूर्ण भूमिका रहेको बताए।
>
उनले सदनमा सहभागिता जनाइरहेका महिलाको भूमिकाको पनि प्रसंसा गरेका हुन्।
>>