माधव नेपाललाई भेट्न देउवा र दाहाल पुगे अस्पताल

Aadil Times 1+ समाचार ( )
६ पौष २०७९

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सँगै अस्पताल पुग्नुभएको छ ।

उहाँहरुले नेता नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ। देउवा आजै मात्र संसदीय दलको निर्वाचनमा निर्वाचित हुनुभएको हो।

रूघाखोकी र छातिमा संक्रमण देखिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका नेपाल स्वास्थ्य लाभ गरिरहनु भएको छ ।

प्रतिक्रिया