कोरोना संक्रमणले एक जनाको मृत्यु

Aadil Times 1+ समाचार ( )
२३ पौष २०७९

कोरोना संक्रमणका कारण एक जनाको ज्यान गएको छ । लामो समयपछि नेपालमा फेरि कोरोना संक्रमणका कारण एक जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टीजेन गरी पाँच सय ५५ जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दुई जना कोरोना संक्रमित निको भएका छन् । अहिले नेपालमा कोरोना भाइरसका २१ जना सक्रिय संक्रमित रहेका छन् ।


प्रतिक्रिया