विराटनगरबाट पाँच केजी गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
>
हिँजो साँझ ५ बजेको समयमा विराटनगर–४ स्थित एयरपोर्ट नहरबाट गाँजासहित विराटनगर ११ का २८ वर्षीय गोरे भनिने अर्पण राईलाई्र्र्र प्रहरीले पक्राउ गरेको हो ।
>
राईले को ३८ प ७९५१ नम्बरको स्कुटीमा लुकाई छिकाई गाँजा ल्याई रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले गाँजा सहित राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको जनाइएको छ ।
>>