खेल मैदानमा उपाध्यक्षले बलिङ गर्दा अध्यक्षको ब्याटिङ : निरज मुखिया म्यान अफ दि म्याच

Aadil Times 1+ समाचार ( )
२७ फाल्गुन २०७९


मोरङको जहदा गाँउपालिकामा अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट २०७९ फाल्गुन २७ गते देखी चैत्र ४ गते सम्म हुनेछ । जहदाँ गाँउपालिकाको आर्थिक सहयोग र लक्ष्मिनिया युवा क्लब, खेल संचालन समितिको आयोजनामा फाल्गुन २७ गते खेलको उद्धद्दाटन भएको छ । 

खेलको उद्धघाटन भने , जहदा गाँउपालिकाका अध्यक्ष जितेन्द्र साह(जितु)ले ब्याटिङ गर्दै सुरु गरेका थिए भने , गाँउपालिकाका उपाध्यक्ष हन्ना सोरेनले बलिङ गरेकी थिइन् । खेलमा उपाध्यक्ष हन्ना सोरेनले बलिङ गर्दा अध्यक्ष जितेन्द्र भने ब्याटिङ गर्न केन्द्रित थिए । लाइभ न्यूज संग कुरा गर्दै उनले भने , उद्धघाटनको लागी मात्र बलिङ ब्याटिङ गरेको बताए । 

Photo : Aftab Ali / Photo Journalist

यस्तै सोहि दिन भएको सुरुवाति खेल जहदा ४ नं वडा र जहदा २ नं वडा बिच भएको थियो । जहदा ४ र २ बिच टस गर्दा जहदा २ ले टस जितेर ब्याटिङ रोजेका थिए । जहदा २ ले जहदा ४ लाई १४३ रनको लक्षय दिएका थिए । जस्मा जहदा ४ ले भने ४ विकेटले जित हासिल गरे । यता निर्धारित समयमा ६६ रन बनाएर निरज मुखिया खेलको म्यान अफ दि म्याच भए । 


प्रतिक्रिया