तत्काल प्रधानान्यायाधिश चाहिएको भन्दै सर्वोच्च अदालतका वकिलहरु आन्दोलनमा उत्रिएका छन्।
>
आइतबार सर्वोच्च अदालतमा प्रदर्शन गर्दै वकिलहरुले सरकारले तत्काल प्रधानान्यायाधिश नियुक्त गर्न माग गरेका हुन्।
>
प्रधानन्यायाधीश नियुक्ति लगायतका ८ वटा माग राखेर नेपालबारले आइतबारबाट आन्दोलन थालेको हो।
>
संवैधानिक परिषद्का प्रमुखसमेत रहेका प्रधानमन्त्री र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको बारले आइतबारबाट एक सातासम्म प्ले कार्ड र ब्यानरसहित देशव्यापी आन्दोलनको सुरुवात गरेको जनाएको छ।
>>