साताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । पछिल्ला पाँच दिनका कारोबारमा बजार लगातार घटिरहेको छ ।
>
शेयर बजार परिसूचक नेप्से आज आइतवार १० दशमलव ५४ अङ्कले घटेर एक हजार आठ सय ८३ दशमलव १६ विन्दुमा झरेको छ । होटल समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर घटेर बजार राताम्मे देखिएको छ ।
>
आज दुई सय २५ वटा कम्पनीको २० लाख २८ हजार कित्ता शेयर ७७ करोड ४९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्को १० करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भयो ।
>
आज नबिल ब्यालेन्स फन्ड-२ र निर्धन उत्थान लघुवित्तको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै लक्ष्मी इक्विटी फन्डको शेयर झण्डै सात प्रतिशतले बढेको छ ।
>
>>