विराटनगरमा एक युवतीको रहस्मय मृत्यु

Aadil Times 1+ समाचार ( )
२३ माघ २०७९

विराटनगरमा एक युवतीको रहस्यमय मृत्यु भएको छ । धरान–१५ घर भई विराटनगर बस्दै आएकी १९ वर्षीया एलिसा खड्काको गत माघ १८ गते राती रहस्यमय मृत्यु भएको हो ।

मृतक खड्काको घाँटीमा निलडाम भएका कारण उनको हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ । हत्या आशंकामा मृतक खड्काकी साथी विराटनगर–१२ की २७ वर्षीया लक्ष्मी राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक टिकाबहादुर कार्कीले जानकारी दिए । प्रहरीका अनुसार खड्का र राजवंशी लागुऔषध प्रयोगकर्ता हुन् ।


प्रतिक्रिया