नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनले नै जित हासिल गर्ने दावी गर्नुभएको छ ।
>
आज शुक्रबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को घरदैलो कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धनको जित सुनिश्चित रहेको उहाँले बताउनुभएको हो । उहाँले आफूले पार्टीलाई भन्दा पनि गठबन्धनलाई अघि राखेर र आधार मानेर हामी अघि बढिरहेको पनि उल्लेख गर्नुभयो ।
>
>
उहाँले संविधान जारी गरेपछि संविधानलाई कार्यान्वयन गर्ने अवसर दिन गठबन्धनलाई जिताउन आवश्यक भएको बताउनुभयो । नेता सिंहले निर्वाचनले संविधानको रक्षा र प्राप्त गरेका अधिकारहरुलाई सुरक्षित राखेर संस्थागत गर्दै विकास निर्माणका प्रक्रियाहरुलाई अघि बढाउने दावी गर्नुभयो ।
>
नेता सिंहको घरदैलो कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई पनि भोट माग्नका लागि सहभागी बन्नुभएको थियो । भट्टराईले गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा हुने बताउनुभएको छ । भट्टराईले नेता सिंह देश विकासको लागि सही र सक्षम नेता भएकाले गठबन्धनका उम्मेदवारहरुलाई काठमाडौं१ का मतदाताले जिताउनेमा विश्वस्त रहेको बताउनुभयो ।>