बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बेच्न प्रहरीले लगायो रोक

Aadil Times 1+ समाचार ( )
११ माघ २०७९

काठमाडौं प्रहरीले बोतल र जर्किन लगायतका भाँडोमा पेट्रोलियम पदार्थ भरेर बिक्री गर्न रोक लगाएको छ ।

काठमाडौंका केही पेट्रोल पम्पले बोतल र जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थ भरेर बिक्री गर्ने गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रहरीले त्यसो नगर्न पम्प सञ्चालकहरूलाई निर्देशन दिएको हो ।

जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थको बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने चेतावनी पनि प्रहरीले दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले पेट्रोलियम पदार्थलाई खुला रूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र पसलमा भण्डारण गर्दा आगलागी हुने र मानवीय क्षतिसमेत हुनसक्ने भएकोले त्यसो नगर्न सूचना जारी गरेको हो ।

प्रतिक्रिया