कोइरालाको दाबी, ‘निर्वाचनपछि कांग्रेस सबैभन्दा ठूलो पार्टी’

Aadil Times 1+ समाचार ( )
३ मंगशिर २०७९

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा मोरङ क्षेत्र नम्बर ६ का लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवार डा. शेखर कोइरालाले निर्वाचनपश्चात्त कांग्रेस नेपालकाे सबैभन्दा ठूलाे पार्टी हुने बताएका छन् ।

विराटनगर–७ स्थित आदर्श उच्च माविको मतदान केन्द्रबाट मतदान गरेपछि प्रतिक्रिया दिँदै उनले यस्ताे बताएका हुन् ।

मतदानपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिएका उनले आवधिक निर्वाचनले लोकतन्त्र र संघियतालाई बलियो बनाउने बताएका छन् ।

दण्डहीनताको अन्त्य गर्दै सुशासन र मुलुकको आर्थिक समृद्धि आफ्नो पहिलो प्राथमिकता रहेको उनको भनाइ छ । आफू निर्वाचित भएर गएपछि दण्डहीनता अन्त्य र सुशासनका पक्षमा संसदमा सधैं आवाज उठाउने उनले प्रतिबद्धता जनाएका छन् ।

निर्वाचनपछि नेपाली कांग्रेस देशको सबैभन्दा ठूलो पार्टी बन्ने र कांग्रेसकै नेतृत्वमा गठबन्धनको सरकार बन्ने कोइरालाले दाबी गरेका छन् । निर्वाचनको परिणामपछि मात्रै प्रधानमन्त्रीको विषयमा टुंगो लाग्ने कोइरालाले प्रस्ट पारेका छन् ।

प्रतिक्रिया