बाजुराबाट कांग्रेसका बद्री पाण्डे निर्वाचित

Aadil Times 1+ समाचार ( )
१७ मंगशिर २०७९

बाजुराबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार बद्री प्रसाद पाण्डे निर्वाचित हुनुभएको छ ।

नेकपा एमालेका उम्मेदवार एवं स्थानीय कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशका सहइन्चार्ज कर्णबहादुर थापालाई ५ हजार ४३७ मतान्तरले पराजित गर्दै कांग्रेस केन्द्रीय सहमहामन्त्रीसमेत रहेका पाण्डे निर्वाचित हुनुभएको हो ।

आइतबार बिहान आएको अन्तिम मत परिणाम अनुसार पाण्डेले ३१ हजार ७८६ मत पाउँदा एमालेका थापाले २६ हजार ३४९ मत प्राप्त गर्नुभयो । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका जंग कुमार गिरीले २०७ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया