शुक्रबार सप्तरीको राजविराजदेखि भारतीय सीमासम्म जोडने कुनौली सडकमा एक प्रहरी जवान नशामा लट्ठिएर गलत हर्कत देखाएको भिडियो सार्वजनिक भयो।
>
मनोज सहनी नामका व्यक्तिले ट्वीटरमा नेपाल प्रहरीको ट्वीटर एकाउन्टमा ह्यासट्याग गरेर सार्वजनिक गरेका उक्त भिडियोबारे बुझ्ने प्रयास गरेको छ।
>
भिडियोमा देखाइएका व्यक्ति प्रहरी जवान सञ्जीव कुमार राय यादव हुन्। उनी सीमा क्षेत्रमा गस्तीमा खटिएका थिए। कसिलो ज्यान भएका यादव प्राय नशामै रहने गरेको एक स्थानीय बताउँछन्।
>
आधा शरीर मात्रै ढाक्ने कपडा लगाएर हातमा लौरो लिएर ‘आईज ए कस्ले रेकर्ड गर्न खोजेको एसके यादव हो मेरो नाम ल ’ भन्दै उनी त्यहाँको वातावरण अशान्त बनाउँदै हिँडिरहेको देखिन्छ।
>
प्रहरीको काम शान्ति ,सुरक्षा र अमनचयन कायम गर्नु मुख्य कर्तव्य हो । तर, यादवले नाशामा चुर भएर प्रहरीको मर्यादा विपरीत शान्तिपूर्ण वातावरण खलबलाउँदै गरेको देखिन्छ।
>
यसबारे सप्तरी जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुमार कार्कीसँग बुझ्दा उनले प्रहरी जवान यादवलाई निलम्बन गरिएको जानकारी दिए।
>
उनले भने,‘ प्रहरीको नियमावलीविपरित हर्कत गरेका जवान यादवलाई निलम्बन गरिएको छ। उनलाई विभागीय कारबाही हुन्छ।’ >>