प्रदेश १ मा साढे १० बजेसम्म ३.३९ प्रतिशत मतदान

Aadil Times 1+ समाचार ( )
प्रदेशका सबै जिल्लामा शान्तिपूर्ण रुपमा मतदान...
३ मंगशिर २०७९

विराटनगर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि जारी मतदानका क्रममा प्रदेश १ मा साढे १० बजेसम्म ३.३९ प्रतिशत मतदान भएको छ । प्रदेश १ निर्वाचन कार्यालयका अनुसार प्रदेशका सबै जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

निर्वाचन कार्यालयका अनुसार ताप्लेजुङमा ८८ हजार २८५ मतदाता रहेकामा १ हजार ३९६ जना (१.५८ प्रतिशत) ले मतदान गरेका छन् ।

पाँचथरमा १ लाख ३८ हजार ९३२ मतदाता रहेकामा ८ हजार ९ सय ३७ जना (६.४३ प्रतिशत) ले मतदान गरेका छन् ।

यसैगरी इलाममा २ लाख २४ हजार ८७७ जना मतदाता रहेकामा ३ हजार ६०० (१.६० प्रतिशत) ले मतदान गरेका छन् ।

झापामा ६ लाख ६३ हजार ३११ मतदाता रहेकामा ९ हजार ५७६ (१.४४ प्रतिशत) ले मतदान गरेका छन् ।

संखुवासभामा १ लाख १७ हजार ५५४ जना मतदाता रहेकामा ७ हजार ८७८ जना (६.७०) प्रतिशतले मतदान गरेका छन् ।

तेह्रथुममा ७१ हजार ९ सय ३३ जना मतदाता रहेकामा ४ हजार ५५७ (६.३४) प्रतिशतले मतदान गरेका छन् ।

भोजपुरमा १ लाख २३ हजार ३७९ जना मतदाता रहेकामा ७ हजार ९६८ (६.४६) प्रतिशतले मतदान गरेका छन् ।

धनकुटामा १ लाख १६ हजार ९९१ जना मतदाता रहेकामा ३ हजार ११७ (२.६६) प्रतिशतले मतदान गरिसकेका छन् ।

मोरङमा ७ लाख ३५ हजार ५२५ जना मतदाता रहेकामा २० हजार ७२६ (२.८२) प्रतिशतले मतदान गरेका छन् ।

सुनसरीमा ५ लाख ४४ हजार ९४१ जना मतदाता रहेकामा २२ हजार ६७१ (४.१६) प्रतिशतले मतदान गरेका छन् ।

सोलुखुम्बुमा ८१ हजार ५०२ जना मतदाता रहेकामा ३ हजार ६४८ जना (४.४८ प्रतिशत) ले मतदान गरिसकेको निर्वाचन कार्यालयले जनाएको छ ।

खोटाङमा १ लाख ४२ हजार ७९२ जना मतदाता रहेकामा ३ हजार ४०० (२.३८) प्रतिशतले मतदान गरेका छन् ।

ओखलढुंगामा १ लाख १७ हजार ८९७ जना मतदाता रहेकामा ५ हजार २१५ (४.४२) प्रतिशतले मतदान गरिसकेका छन् ।

यसैगरी, उदयपुरमा २ लाख २८ हजार ९४६ जना मतदाता रहेकामा १२ हजार ३६८ (५.४०) प्रतिशतले मतदान गरेका छन् ।

प्रदेशका १४ वटै जिल्लामा रहेका ३३ लाख ९६ हजार ८६५ मतदातामध्ये १ लाख १५ हजार ५७ जनाले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ ।


प्रतिक्रिया