प्रधानमन्त्रीलाई भेट्न चिनियाँ राजदूत बालुवाटार पुगे

Aadil Times 1+ समाचार ( )
९ फाल्गुन २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ ।

बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर राजदूत सोङले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्नु भएको हो ।

राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गर्ने समय दिन दुई दिन बाँकी रहँदा राजदूत सोङले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्नुभएको हो ।

राष्ट्रपति निर्वाचनको मिति नजिकिएसँगै प्रचण्ड र चिनियाँ राजदूत सोङबीच भएको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

राजदूत सोङले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग पनि यस अगाडि भेट गर्नु भएको थियो ।

नेपाल आएपछि राजदूत सोङको प्रधानमन्त्री प्रचण्डसँग यो दोस्रो भेटवार्ता हो ।

प्रतिक्रिया