भारतीय गायक सोनु निगमको घरबाट ७२ लाख चोरी भएको छ । निगमको घरवाट भएको सो चोरीका मामिलामा उनका पुर्व ड्राइभर अगम कुमारलाई गिरफ्तार गरिएको छ।
>
गायककी बहिनी निकिताले मुम्बई प्रहरीमा उजुरी दिए पछि यो मामिला बाहिर आएको हो। >
अगमकुमार गायक निगमका आठ महिनासम्म ड्राइभर थिए, राम्रो काम नगरेको भनेर उनलाई केही समय अगाडी निकालिएको थियो।
>
निगमको डिजिटल लकरवाट अघिल्लो दिन ४० लाख हराएको थियो भने दोस्रो दिन ३२ लाख हराएको थियो।
>
निगमको घरवाट ठुलो रकमको पैसा हराए पछि सिसिटिभी फुटेज हेरिएको थियो, जहाँ अगमकुमारले दुवै पटक ठुलो झोला लिएर बाहिर निस्किएको देखिएको थियो।>
>
>>