दबाबमा रहेको अर्जेन्टिनाको आज अन्तिम खेल

Aadil Times 1+ समाचार ( )
१३ मंगशिर २०७९

कतार विश्वकपको समूहगत चरणमा दुईपटकको विजेता अर्जेन्टिनाले अन्तिम खेल बुधबार पोल्यान्डसँग खेल्दै छ। नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुने खेलमा अर्जेन्टिना जित्नैपर्ने दबाबमा छ। तर बराबरी खेलेको अवस्थामा पनि अगाडि बढ्ने सम्भावना रहेको छ।

समूह सीमा दुई खेलपछि पोल्यान्डको ४ तथा अर्जेन्टिना र साउदी अरबको तीन तीन अंक छ। मेक्सिकोले एक अंक जोडेको छ। बुधबारको अर्को खेलमा साउदी अरब र मेक्सिको भिड्नेछन्। पोल्यान्डलाई पराजित गरेको अवस्थामा अर्जेन्टिना नकआउट चरणमा पुग्ने पक्का हुने छ।

तर बराबरी खेलेको अवस्थामा पोल्यान्ड नकआउट चरण पुग्ने छ भने अर्जेन्टिनाको भाग्य साउदी अरब र मेक्सिकोबीच हुने खेलको नतिजाले तय गर्ने छ। उक्त खेल बराबरी भएको अवस्थामा अर्जेन्टिना समुह उपविजेताका रुपमा प्रिक्वार्टरफाइनलमा पुग्ने छ। यता साउदी अरबले जित हात पारेको अवस्थामा अघिल्लो चरण प्रवेश गर्ने छ।

बराबरी खेलेको अवस्थामा उसले पोल्यान्ड र अर्जेन्टिनाबीच हुने खेलको नतिजामा भर पर्नुपर्ने छ। त्यस खेलमा अर्जेन्टिना पराजित भएमा आफ्नो खेल बराबरी खेलेपनि साउदी अरब अगाडि बढ्ने छ।

यस्तै साउदी अरबलाई पराजित गरेको अवस्थामा मेक्सिको पनि अगाडि बढ्ने सम्भावना छ, यदी अर्जेन्टिना र पोल्यान्डबीच बराबरी नै भएपनि। पोल्यान्ड र अर्जेन्टिनाबीचको खेलमा जित हारको नतिजा निस्किएको अवस्थामा पनि मेक्सिको आफ्नो खेल जितेर अगाडि बढ्न सक्ने छ।

प्रतिक्रिया