चीनमा कोभिड–१९ को नयाँ लहरमा संक्रमितहरुको संख्या निकै बढेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिन्ता व्यक्त गरेको छ ।
>
डब्ल्यूएचओका आपतकालीन प्रमुख डा.माइकल रायनले अधिकारीहरूले बिरामीको सङ्ख्या कम रिपोर्ट गर्दै आए पनि सघन उपचार कक्ष (आईसीयू) भरिएको बताए।
>
चीनको तथ्यांकले बुधबार कोरोनाबाट कसैको मृत्यु नभएको देखाएको बताए पनि यसमा शंका भएको उनको भनाइ उल्लेख गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
>
चीनमा कोरोना महामारी बढेसँगै राजधानी बेइजिङ र अन्य सहरका अस्पतालमा पछिल्लो समय बिरामीको संख्या बढेको छ ।
>
सन् २०२० देखि चीनले तथाकथित शून्य कोभिड नीति अन्तर्गत विभिन्न प्रतिबन्धहरू लगाएको छ।
>
उक्त नीतिको अर्थतन्त्रमा परेको दुष्प्रभावलाई आधार मानेर सरकारले दुई साताअघि केही नियमलाई खुकुलो पारेको छ ।
>
त्यसयता कोरोना संक्रमितको संख्या बढेको छ । यससँगै वृद्धवृद्धामा मृत्यु हुनेको संख्या बढ्ने डर पनि उत्पन्न भएको छ ।
>
चीनको आधिकारिक तथ्यांक अनुसार मंगलबार पाँच र सोमबार दुई जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
>>