सीएनआई कोसी एक्स्पो :यसरी मनाइयो समापन कार्यक्रम

Aadil Times 1+ समाचार ( )
२९ माघ २०७९

नेपालमा आयोजना हुने गरेको औधोगिक तथा कृषि प्रदर्शनिलाई पछाडी छोड्दै नेपाल उद्योग परिसंघ प्रदेश नं.१ को सीएनआई कोसी एक्स्पो २०७९ ले नयाँ इतिहास रचेको छ । 

परिसंघको १ नं. प्रादेशिक कार्यालय विराटनगरले विराटनगर–२ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुर मार्ग दुई बेग्ला बेग्लै खाली मैदानलाई घेराबेरा सहित एउटै बनाएर सीएनआई कोसी एक्स्पोको आयोजना गरेका थिए । र जुन कोसी एक्स्पोले नयाँ इतिहास रचन सफल भएको छ ।

परिसंघले माघ १९ देखि २८ गतेसम्म आयोजना गरेको कोसी एक्स्पोको ५ लाखको हाराहारीमा सर्वसाधारणले अवलोकन गरेका छन् । अन्तर्राष्ट्रिय स्तरको कोसी एक्स्पोमा नेपाल, भारत, बंगलादेश र पाकिस्तान गरी ४ देशका ४ सय भन्दा बढि औधोगिक तथा कृषि उत्पादनका स्टल रहेका थिए ।

हिमाल, पहाड र तराईको नेपाली उत्पादनले १ नं. प्रदेश वासीको मन जित्न सफल भएको छ । जुन एक्स्पोको महत्वपूर्ण उपलब्धि रहेको परिसंघका अध्यक्ष भीम घिमिरेले जानकारी गराएका छन् ।

नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सीएनआई कोसी एक्स्पोको उद्घाटन गरेका थिए । प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक्स्पोको समापन गरेका छन् ।


प्रतिक्रिया