नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ।
>
एमाले बागमती प्रदेशसभाका संसदीय दलका नेता जगन्नाथ थपलियाले शुक्रबार प्रदेश सभाको बैठलाई सम्बोधन गर्दै एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको घोषणा गरेका हुन्।
>
नेता थपलियाले एमालेका मन्त्रीहरुले आजै प्रदेशसभा बैठक पश्चात मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउने बताएका छन्।
>
गत पुस २५ गते संसदीय दलका नेता जम्कट्टेल नेतृत्वमा प्रदेश सरकारमा ४ जना मन्त्रीसहित एमाले सहभागी भएको थियो।
>>