धादिङ-१ मा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे विजयी

Aadil Times 1+ समाचार ( )
८ मंगशिर २०७९

धादिङ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पाण्डे ३५ हजार ९ सय ३४ मतसहित निर्वाचित भएका हुन्।

यहाँ उनले नेकपा एमालेका उम्मेदवार भूमिप्रसाद त्रिपाठीलाई हराएका हुन्। त्रिपाठीले २७ हजार ९ सय ५३ मत ल्याएका छन्।

पाण्डेले सात हजार ९ सय ८१ मतान्तरले जितेका हुन्।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १२ हजार चार सय ७५ मत ल्याएका छन्। मंगोल नेशनल अर्गनाइजेशनका सुमन तामाङले ८८२ मत ल्याएका छन्।


प्रतिक्रिया