मोरङ ४ का जनताको घरदैलोमा भीम पराजुली

Aadil Times 1+ समाचार ( )
२७ कार्तिक २०७९

विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर ४ मा पाँच दलीय गठबन्धनले चुनावी अभियानलाई तीव्र बनाएको छ । क्षेत्रका विभिन्न पालिकाहरुमा प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्य उम्मेदवारहरु घरदैलो र कोणसभा कार्यक्रममा केन्द्रित भएका छन् ।

नेपाली कांग्रेसका तर्फबाट मोरङ ४ ‘ख’ का प्रदेशसभा उमेदवार भीम पराजुलीले आफूहरु जनचाहना अनुरुप विकासलाई थप गति दिन आएको बताए । अझ गठबन्धनका युवाहरु भएका कारण क्षेत्रगतरुपमा पनि विकासको मुल फुट्ने उनको तर्क छ ।

आफूले एक कार्यकाल विराटनगर महानगरपालिकाको मेयरको रुपमा काम गरेको अनभुव रहेकोले अब प्रदेशको विकासमा थप सशक्त भएर अघि बढ्ने बताए । “एउटा सक्षम र सवल प्रदेश निर्माणमा पूर्ण रुपमा सक्रिय हुनका लागि म उमेदवार बनेको हुँ,” पराजुलीले भने, “संघीयता कार्यान्वयन र विकासका अवसरलाई तलसम्म लैजान पनि गठबन्धनको सरकार बन्नुपर्छ ।”

पराजुलीले विकासको अवसर तलसम्म लैजान बीचको सरकारको रुपमा स्थापित प्रदेशले धेरै काम गर्न सक्ने बताउछन् । आफु जहिल्यै पनि इमान्दारीताको जगबाट काम गरिरहेको र राजनीतिलाई पेशा बनाउन नहुने धारणा ब्यक्त गरेका छन् । क्षेत्रगत विकास र समृद्धि मुख्य लक्ष्य राखेर अगाडि बढिरहेको उनको भनाइ थियो ।

प्रतिक्रिया