देशभर पछिल्लो २४ घण्टामा थप ४९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
>
पछिल्लो २४ घण्टामा २ हजार ३ सय १२ जनाको नमूना परीक्षण गरिएको थियो ।
>
१ हजार ३ सय ६३ जनाको पीसीआर र ९ सय ४९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
>
बिहीबार २३ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ सय ७५ जना सक्रिय संक्रमित रहेका छन् ।
>
>>