मनकामना जाँदै गरेको बस नवलपरासीमा दुर्घटना, ५ जनाको मृत्यु : २५ जना घाइते

Aadil Times 1+ समाचार ( )
नवलपरासीमा दुर्घटना, ५ जनाको मृत्यु : २५ जना घाइते
१२ कार्तिक २०७९

१३ कात्तिक, काठमाडौं । गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेका दर्शालु बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

पाल्पाबाट गोरखाको मनकामनाका लागि छुटेको ना६ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटारमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो । दुर्घटनमा २५ जना घाइते भएका छन् ।

पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान ४ बजे भएको दुर्घटनाका घाइतेहरूलाई उद्धार गरि चितवन ल्याउने तयारी भैरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया